Logo

१५ जेठ, काठमाडौं । सरकारले शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयलाई आगामी आर्थिक वर्षका लागि २ खर्ब ३ अर्ब ६६ करोड रकम विनियोजन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले मंगलबार आर्थिक वर्षको बजेट भाषणमार्फत सो रकम विनियोजन गरेको जनाएका हुन् ।

बजेटमा शैक्षिक कर्जा, जनशक्ति आपूर्ति, विश्वविद्यालय सञ्चालन, मेडिकल कलेजको सम्भाव्यता अध्ययन गरिने सरकारले जनाएको छ । त्यस्तै विश्वविद्यालयहरू गाभ्ने विषयमा समेत अध्ययन गर्ने तथा विदेशी विद्यार्थीलाई आकर्षित गर्न भिसाको सहज व्यवस्था गर्ने सरकारले जनाएको छ ।


सम्बन्धित समाचार