Logo

१५ जेठ, वीरगञ्ज । गणतन्त्र दिवसको अवसरमा वीरगञ्जमा रक्तदान कार्यक्रम आयोजना भएको छ ।

नेपाल रेडक्रस सोसाइटी पर्साले रक्तसञ्चार केन्द्रमा कार्यक्रमको आयोजना गरेको हो । उपसभापति तथा रक्तसञ्चार केन्द्रका संयोजक मधु राणाले ब्याग हस्तान्तरण गरी कार्यक्रमको सुरुवात गरेकी थिइन् ।

कार्यक्रममा एक जना महिलासहित २८ जनाले रगतदान गरेको रक्तसञ्चार केन्द्र वीरगञ्जका प्रमुख सौरभराज पाण्डेले जानकारी दिए । कार्यक्रममा रेडक्रसका सभापति विरेन्द्र राज कँडेल, उपसभापति मधु राणा, सदस्य शिवनाथ यादव लगायतको उपस्थिति रहेको थियो ।


सम्बन्धित समाचार