Logo

१५ जेठ,काठमाडौं । सरकारले फलफूल र सागसब्जीमा लाग्ने मूल्य अभिवृद्धि कर खारेज गरेसंगै मदिरा र चुरोटमा भ्याट बढाएको छ ।

आगामी आर्थिक वर्षको बजेट संघीय संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले सो बताएका हुन् । मदिरा र चुरोट तथा सुर्तीजन्य वस्तुमा लगाउँदै आएको मूल्य अभिवृद्धि कर भने वृद्धि गरिएको उनले बताएका छन् ।
आगामी वर्षको बजेट प्रस्तुत गर्दै स्थानीय उत्पादनका रुपमा रहेका फलफूल र सागसब्जीमा लाग्ने मूल्य अभिवृद्धि कर खारेज गरेको हो ।

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै मंगलबार संसद् बैठकमा यस्तो घोषणा गरेका हुन ।


सम्बन्धित समाचार