Logo

१७ जेठ, काठमाडौं । ट्राफिक नियम उल्लङ्घन गर्दा कारबाहीमा परेकाहरुलाई प्रहरीले सडकमा गाडी व्यवस्थापन गर्ने काममा खटाउन थालेको छ ।

बुधबार एकैदिन एकहजार तीनसय दुई जनालाई स्वयंसेवकको रुपमा खटाइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । उनीहरुलाई बिहान ९ बजेदेखि ५ बजेसम्म काठमाण्डौका बिभिन्न चोकमा खटाइएको थियो ।

उनीहरुलाई काठमाण्डौ, ललितपुर र भक्तपुर क्षेत्रमा स्वयंसेवकका रुपमा गाडी व्यवस्थापनमा खटाइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए ।

जाँडरक्सी खाएर गाडी चलाउने, लेन मिच्ने, द्रुत गति, सङ्केत बत्तीको बेवास्ता लगायतका ट्राफिक नियम उल्लङ्घन गर्ने हरेकलाई एक घण्टा स्वयंसेवकका रुपमा सडकमा खटाइएको उहाँले बताए  ।

गृहमन्त्री रवि लामिछानेले अस्ति मङ्गलवार गणतन्त्र दिवसको दिन ट्राफिक महिलाले महिनावारीको चार दिन सडकमा खटिनु नपर्ने भन्दै उनीहरुको ठाउँमा ट्राफिक नियम उल्लङ्घन गर्नेहरुलाई स्वयंसेवकको रुपमा खटाउने निर्णय  गरेका थिए ।


सम्बन्धित समाचार