Logo

फाईल फोटो

१८ जेठ, वीरगञ्ज । पर्सा प्रहरीले ठूलो परिणाममा भन्सार छलीका औषधी बरामद गरेको छ । विशेष सूचनाको आधारमा प्रहरीले गरेको जाँचबाट करिब २ करोड मूल्य बराबरको भन्सार छलीका सामान बरामद भएको हो ।

जिल्लाको परवानीपुरमा रहेको प्रहरीको चौकीले चलाएको छड्के जाँचका क्रममा बिलबिजक भन्दा बढीको औषधी बरामद भएको हो । प्रहरीले भन्सार छलीका १ करोड ८५ लाख मूल्य बराबरको औषधी बरामद गरेको पर्सा प्रहरी प्रमुख कुमोध ढुंगेलले जनाए ।

बीरगन्जबाट जनकपुरतर्फ जाँदै गरेको प्रदेश–०२–०३–००१ ख ६५५७ नम्बरको ट्रकबाट बिलबिजक भन्दा बढीको औषधी बरामद भएको प्रहरी बताउँछ । औषधीसहित बरामद ट्रकलाई थप अनुसन्धानका लागि सम्बन्धित निकायमा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।


सम्बन्धित समाचार