Logo

१७ जेठ, वीरगञ्ज । प्रतिबन्धित लागु औषधसहित पर्साबाट २ जना पक्राउ परेका छन् । भारत विहारबाट प्रतिबन्धित लागु औषध लिएर आइरहेको सूचनाको आधारमा गरिएको जाँचका क्रममा पर्सा प्रहरीले बीरगन्जको प्रतिमाचोकबाट २ जनालाई पक्राउ गरेको हो ।

प्रहरीले चितवन खैरनी नगरपालिका १३ बस्ने बर्ष २९ को रोशन बाह्रकोटी र खैरनी नगरपालिका ८ बस्ने बर्ष ३२ को सुशिल पौडेललाई पक्राउ गरेको हो । पक्राउ परेको दुबै जनाको साथ प्रहरीको टोलीले नाईट्राभेट २९६ पीस ट्याब्लेट बरामद भएको पर्सा प्रहरीका डिएसपी केशर न्यौपानेले जनाए ।

उनीहरुलाई लागु औषधसहित बिहीबार राती पक्राउ गरिएको थियो । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान चलिरहेको पर्सा प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार