Logo

१७ जेठ,पर्सागढि । पर्साको पर्सागढि नगरपालिकाका नगरप्रमुख गोकर्ण पाठकले आईपीभी खोप अभियान सफल बनाउन आग्रह गरेका छन् ।

आईपीभी खोप अभियान पर्सागढि नगरपालिका स्तरीय खोप समन्वय समिती तथा सञ्चारकर्मीसँगको अभिमुखिकरण कार्यक्रममा बोल्दै नगरप्रमुख पाठकले यस्तो आग्रह गरेका हुन् । पोलियो रोग उन्मुलनको लागि २०७३ बैशाख महिना देखि २०७५ असोज सम्म जन्मिएका सम्पुर्ण बालबालिकालाई आईपीभी खोप यहीँ जेष्ठ २० गते देखि २३ गतेसम्म विद्यालयमा सञ्चालन गरिदैछ ।

सोही खोप अभियानलाई सफल बनाउन उनले सम्पुर्ण स्वास्थ्यकर्मी, जनप्रतिनिधि तथा सरोकारहरुसँग अनुरोध गरेका हुन् । कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, संचारकर्मी लगायत सरोकारहरु लगायतको उपस्थिती रहेको थियो ।


सम्बन्धित समाचार