Logo

१९ जेठ, वीरगञ्ज । बीरगन्ज महानगरपालिकाको परवानीपुरमा बेस्ट केयर परवानीपुर पोलिक्लिनिक सञ्चालनमा ल्याइएको छ ।

परवानीपुर चोकस्थितको राधा कृष्ण मन्दिरको अगाडि बेस्ट केयर परवानीपुर पोलिक्लिनिक आजदेखि सञ्चालनमा ल्याइएको हो ।सञ्चालनमा ल्याइएको पोलिक्लिनिकमा सामान्य रोगको उपचारदेखि लिएर एमबीबीएस चिकित्सकबाटसमेत उपचारको सेवा प्रदान गर्ने सञ्चालककले बताएका छन् ।

बेस्ट केयर परवानीपुर पोलिक्लिनिकको नेपाली कांग्रेस सांसद एव पूर्व मन्त्री रमेश रिजालले आज उद्घाटन गरेका हुन ।पोलि क्लिनिकको उद्घाटन गर्दै पूर्व मन्त्री रिजालले स्थानीयलाई सेवाको भावनाले उपचारमा ध्यान दिए सुझाएका थिए । उनले आम नागरिकले सानोसानो कुरमा सदरमुकाम धाउनुपर्ने अवस्था रहेको सुनाए ।

उनले भने, ‘त्यसकारण यो क्लिनिकले सर्वसाधारणलाई बीरगन्ज धाउनुपर्ने अवस्थाबाट रोकोस, गुणस्तरीय सेवा देओस । गुणस्तरीय सेवा प्रदान गरेपछि सर्वसाधारणलाई ठूलो सहयोग हुनेछ, त्यसकारण जनताको विश्वास जित्ने काम तपाइहरु गर्नुहोला ।’

स्थानीयको सहजताका लागि परवानीपुरमा पोलि क्लिनिक सञ्चालनमा ल्याइएको सञ्चालक हबिब मिया बताउँछन् । उनका अनुसार सानोसानो रोग लाग्दा पनि यहाँबाट बीरगन्ज जानुपर्ने अवस्था थियो, जुन खर्चिलो पनि थियो । यही अवस्थालाई मध्यनजर गरेर जनताको सेवाका लागि क्लिनिको सञ्चालन गरेको उनको भनाइ छ ।

बेस्ट केयर पोलि क्लिनिक उद्घाटनमा कांग्रेस सभापति जनार्दन सिंह क्षेत्री, प्रदेश सांसद शंकर चौधरी, महानगरका उपमेयर इम्तियाज आलम, क्षेत्रीय सभापति महम्मद शहाबुदिन लगाएको सहभागीता थियो ।


सम्बन्धित समाचार