![](https://i0.wp.com/racekhabar.com/wp-content/uploads/2023/09/jasapa-jsp-jaanata-samajwadi-party-nepalpress.jpg?fit=840%2C480&ssl=1)
१९ जेठ, वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित हुने केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरुलाई दस्तुर निर्धारण गरिएको छ ।
केन्द्रीय निर्वाचन समितिले तयार पारेको महाधिवेशन निर्वाचन निर्देशिकामा सदस्य तथा पदाधिकारी पदका उम्मेदवारका लागि दस्तुर तोकिएको छ । जसअनुसार अध्यक्ष, सहअध्यक्ष र उपाध्यक्ष पदको उम्मेदवारलाई ७ हजार दस्तुर तोकिएको जसपाको केन्द्रीय प्रकाशन तथा प्रचार प्रसार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।
त्यसैगरी महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष पदका उम्म्मेदवारले पाँच हजार शुल्क बुझाउनुपर्ने छ । केन्द्रीय सदस्य पदका उम्मेदवारका लागि तीन हजार शुल्क निर्धारण गरिएको छ । जसपा नेपालको महाधिवेशन यही जेठ २८ गतेदेखि जनकपुरमा हुँदैछ । महाधिवेशनमा करिब एक हजार एक सय प्रतिनिधि निर्वाचित भएका छन् ।