Logo

२० जेठ, वीरगञ्ज । नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखा र बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १४ बिच सम्झौता भएको छ । जितपुरसिमरा–१४ अन्तर्गतका बिरामीहरुको उपचारका क्रममा रक्तसञ्चार केन्द्र वीरगञ्जबाट गरिने रगत परिक्षण बापत कुनै शुल्क नलिने सम्झौता उनीहरुबिच भएको हो ।

सम्झौता पत्रमा रेडक्रस पर्साका तर्फबाट सभापति बिरेन्द्र राज कँडेल र जितपुरसिमरा १४ का तर्फबाट वडाध्यक्ष चयन गुरुङले हस्ताक्षर गरेका छन् । सेवाग्राहीहरुको स्वास्थ्य उपचारमा सघाउ पु¥याउन यो कार्यलाई अन्य पालिकाहरुमासमेत विस्तार गर्न आफूले पहल गर्ने प्रतिवद्धता वडाध्यक्ष गुरुङले जनाए ।

वडाध्यक्ष गुरुङले गरेको कार्यको सराहना गर्दै रेडक्रस पर्साका सभापति कँडेलले प्रत्येक जनप्रतिनिधिहरुले रेडक्रसको कार्यमा समन्वय एवम् सहयोग गर्नुपर्नेमा जोड दिए । निस्वार्थ भावनाले मानवीय सेवा कार्यमा जुट्न उनले सम्पूर्णमा अनुरोध गरेको रेडक्रस पर्साका राजन श्रीवास्तवले बताए ।

सो अवसरमा नेपाल रेडक्रस पर्साका निमित्त शाखा अधिकृत विरशमशेर प्रसाद कुर्मी, सहायक राजन श्रीवास्तव, मिना क्षेत्री लगायतको सहभागीता रहेको थियो ।


सम्बन्धित समाचार