Logo

२० जेठ, वीरगञ्ज । बजार अनुगमन टोलीलले आज वीरगञ्जको माईस्थान र मीना बजार क्षेत्रको सुनचाँदी पसलहरुमा अनुगमन गरेको छ ।

बजार अनुगमन टोलीले अनुगमन गर्न थालेपछि सुनचाँदी व्यावसायीहरु पसल सटर बन्द गरेर भागाभाग भएका थिए ।

गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जको नेतृत्वमा गएको अनुगमन टोलीले मीना बजार स्थित न्यु रिया ज्वेलर्स, जयमाँ ज्वेलर्स, रुप अलंकार ज्वेलर्स कला केन्द्र, शंकर सा विकास कुमार सर्राफ माईस्थानको पिके कला केन्द्र, माँ दुर्गा ज्वेलर्समा अनुगमन गरेका हुन् ।

बजार अनुगमन गरिएका ६ वटा सुनचाँदी पसलहरुले समयमा नाप तौल उपकरणको नविकरण नगरेको पाईएको गुणस्तर तथा नाप तौल कार्यालय वीरगञ्जका अनुगमन निरीक्षक रामप्रसाद लम्सालले जानकारी दिनुभयो । त्यस्तै आपूर्ति तथा उपभोत्ता हित संरक्षण कार्यालय बिरगंजको मिनाबजार र माईस्थान एरियामा रहेको सुन चाँदी पसलमा अनुगमन गर्ने क्रममा व्यावसायीहरुले पसलहरु बन्द गरि असहयोग गरेको अनुगमन टोलीले जनाएको छ ।

अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय पर्सा, बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बिरगंज, जिल्ला प्रहरी कार्यालय पर्सा र उपभोक्ता हित संरक्षण मञ्च नेपाल पर्साका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।


सम्बन्धित समाचार