Logo

२१  जेठ,  बारा  ।  जीतपुरसिमरा उपमहानगरपालिकाले ठेक्का सम्झौता गरेका निर्माण व्यवसायीलाई सम्झौत अनुसारको प्राविधिक जनशक्ति खटाउन निर्देशन दिएको छ ।

उपमहानगरपालिकाको कार्यालयले नगर क्षेत्रभित्रको विकास निर्माण कार्यका लागि ठेक्का सक्झौता गरेका निर्माण ब्यवसायीहरुले सम्झौता तथा सर्त बमोजिम प्राबिधिक जनशक्ति नराखि काम गर्दा सम्झौता बमोजिमको गुणस्तर तथा परिमाण नदेखिएको जनाएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिका भित्र हाल सञ्चालनमा रहेका ४ सय देखि ५ सय योजना नगरका सिमित १८ जना प्राबिधिकहरुले हेर्ने गरेका छन् । उनीहरुले ठेक्का सम्झोता पश्चात समेत आवश्यक्ता भन्दा बढि समय खर्चिने गरेको जीतपुरसिमरा उपमहानगरपालिकाले जनाएको छ । जसकारण कार्यालयले नयाँ योजनाहरु समेत कार्यान्वयनमा समस्या आएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेलको निर्देशनमा उपमहानगरपालिकाकाको प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेले आइतबार सूचना जारी गर्दै ठेक्का सम्झौताका कार्यालय र निर्माण कम्पनीबीच भएको सम्झौता र सर्तअनुसार प्राविधिक जनशक्ति खटाउन निर्देशन दिएकी छन्  ।

ठेक्का सम्झौताका क्रममा बोलपत्रमा उल्लेख गरिएको खण्ड १५.१ र २१.१ वमोजिम काम गर्न उपमहानगरपालिकाले निर्माण व्यवसायीलाई ध्यानाकर्षण गराएको हो ।प्राविधिक जनशक्ति नराखी काम गरेको पाइएमा सार्वजनिक खरिद ऐन २०६३, सार्वजनिक खरिद नियमावली २०६४ वमोजिम कारवाही हुने सूचनामा उल्लेख छ ।

कार्यालयले दररेट बिश्लेषण समेतमा निर्माण ब्यवसायीले साईड ईन्जिनीयर ,साईट ईन्चार्ज र साईट ईन्जिनीयर राखेर काम गराउँन ओभरहेड १५ प्रतिशत समावेश हुने गरेको जीतपुरसिमरा उपमहानगरपालिकाले जनाएको छ ।

उपमहानगरपालिकाको यो निर्देशन निर्माण ब्यवसायीले पालना गर्ने हो भने यस क्षेत्रका प्राबिधिकहरुले रोजगार पाउँने बिश्वास लिएको छ ।


सम्बन्धित समाचार