Logo

२१ जेठ, वीरगञ्ज । मधेश प्रदेश सभाको बैठक पुन ः सुरु भएको छ । १० मिनेटका लागि स्थगित भएको प्रदेश सभाको बैठक पुन सुरु भएको हो ।

१० मिनेटका लागि स्थगन भएको बैठक झण्डै पौने १ घण्टापछि सुरु भएको हो । आज बैठक सुरु भएलगत्तै जनमत पार्टीले विरोध जनाउँदै बैठक अवरुद्ध बनाएको थियो । मधेश कृषि विश्वविद्यालयमा जनमत पार्टीका तर्फबाट शिक्षमन्त्री बनेका तत्कालिन मन्त्री महेश प्रसाद यादवमाथि भएको घटनाको छानविन माग गर्दै बैठकमा विरोध जनायो ।

जनमत पार्टीले विरोध जनाएलगत्तै सभामुख रामचन्द्र मण्डलले १० मिनेटका लागि बैठक स्थगित भएको घोषणा गरे ।


सम्बन्धित समाचार