Logo

२१ जेठ, वीरगञ्ज । सप्तरीको राजविराजमा भएको मधेश कृषि विश्वविद्यालय भवनको शिलान्यासका क्रममा तत्कालिन शिक्षा मन्त्री महेश प्रसाद यादवमाथि भएको आक्रमण र प्रदेशसभा कार्यकक्षभित्र घटित घटनाको छानबिन हुने भएको छ ।

जनमत पार्टीले आजको प्रदेशसभा बैठक अवरुद्ध गर्दै कृषि विश्वविद्यालय भवन शिलान्यासको क्रममा तत्कालिन मन्त्री यादवमाथि भएको घटनाको छानबिनको माग गरेको थियो । त्यसपछि सभामुख रामचन्द्र मण्डलले १० मिनेटका लागि बैठक स्थगित गरेर छानबिन समितिको विषयमा सबै दलका नेतालाई राखेर छलफल गरेका थिए ।

छलफलका क्रममा जसपा नेपालका सांसदहरुले २०८१ वैशाख ४ मा प्रदेशसभाभित्र घटेको घटनाको पनि छानबिन हुनुपर्ने अडान राखे । जनमत पार्टी सहमत भएपछि कृषि विश्वविद्यालय भवनको शिलान्यासका क्रममा भएको घटना र प्रदेशसभाभित्र भएको घटनाको छानबिन गर्ने सहमति भएको छ । छानबिनको विषयमा सहमति जुटेपछि स्थगित प्रदेशसभा बैठक सुरु भएको छ ।

बैठकमा दुबै घटनाको छानबिन गर्ने जिम्मेवारी प्रदेशसभाभित्रका प्रदेश मामिला समितिलाई दिइएको सभामुख रामचन्द्र मण्डलले जानकारी गराउनुभयो । उहाँका अनुसार उक्त समितिमा


सम्बन्धित समाचार