
२२ जेठ, बारा । हरेक वर्ष खडेरीले सास्ती खेपिरहेका किसानहरुको राहतकोलागि जीतपुरसिमरा उपमहानगरपालिकाले खेत खेतमा सिँचाई विद्युतिकरणको कार्यक्रम कार्यान्वयनमा ल्याएको छ ।
नेपाल विद्युत प्राधिकरण काठमाडौँ र उपमहानगरपालिकाको साझेदारीमा कार्यान्वयनमा आएको सिँचाई विद्युतकरण कार्यक्रमको कुल लागत ३ करोड ७५ लाख रुपैयाको लागत निर्धारण गरिएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नं.१७, १८, १९, २० र २४ मा सिँचाई विद्युतीकरण हुन लागेको जीतपुरसिमरा उपमहानगरपालिकाले जनाएको छ ।
जसमा ३ करोड रुपैया उपमहानगरपालिकाले ( ८० प्रतिशत ) र ७५ लाख (२० प्रतिशत ) नेपाल विद्युती प्राधिकरणले ब्यहोर्ने नेपाल विद्युती प्राधिकरणको कार्यालय कलैयाका प्रमुख ईन्जिनीयर ऋषि कुमार बरनवालले जानकारी दिए ।
कार्यक्रमलाई कार्यान्वयनकोलागि जेठ १६ गते नेपाल विद्युती प्राधिकरण बितरण तथा ग्राहक सेवा निर्देशनालय, मधेश प्रदेश जनकपुरले बोलपत्र समेत आहवान गरिसकेको छ ।