Logo

२२ जेठ, वीरगञ्ज । भारतमा भएको लोकसभा चुनावको मतपरिणामा आज आउन लागेको छ ।

६ हप्ता लगाएर सात चरणमा भएको लोकसभा चुनाव २०२४ को मतगणना आज विहान ८ बजेबाट शुरु भएको छ ।

भारतीय निर्वाचन आयोगका अनुसार ५ सय ४३ लोकसभा सिटमध्ये ५ सय ४२ सिटको मतगणना हुँदैछ । गुजरातको सूरत लोकसभा सिटबाट भाजपाका मुकेश दलाल यसअघि नै निर्विरोध निर्वाचित भईसकेका छन् ।

त्यहाँ कांग्रेस उम्मेदवारको उम्मेदवारी रद्द भएपछि बाँकी स्वतन्त्र उम्मेदवारहरूले आफ्नो नाम फिर्ता लिएका थिए । पछिल्लो मतपरिणाम अनुसार हरेक ठाउँमा एनडीए अगाडी छ । बहुमतको लागी २७२ सिट जित्नु पर्ने हुन्छ ।

प्रमुख निर्वाचन आयुक्त राजीव कुमारले अप्रिल १९ देखि जुन १ सम्म सात चरणमा भएको मतदानमा देशका ९६ दशमलव ८ करोड दर्ता भएका मतदातामध्ये ६४ दशमलव २ करोड मतदाताले आफ्नो मताधिकार प्रयोग गरेको जानकारी दिए ।


सम्बन्धित समाचार