Logo

२२ जेठ,नयाँ दिल्ली । भारतको लोकसभा निर्वाचन २०२४ को मतगणनाको सुरुवाती रुझानमा केन्द्रीय राजधानीसमेत रहेको दिल्लीका सातै निर्वाचन क्षेत्रमा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) अगाडि छ ।

चुनाव आयोगका अनुसार चाँदनी चौकबाट भाजपाका प्रवीण खन्डेलवालले कांग्रेसका जयप्रकाश अग्रवाललाई पछि पारेका छन् । उनी यहाँ ३ हजार ८९५ मतले अग्रस्थानमा छन् । पूर्वी दिल्लीमा भाजपाका हरिश मल्होत्रा १२ हजार २६३ मतले अगाडि छन् । उनलाई आम आदमी पार्टीका उम्मेदवार कुलदीप कुमारले पच्छ्याइरहेका छन् ।

नयाँ दिल्लीमा भाजपाका बांसुरी स्वराजले आम आदमी पार्टीका सोमनाथ भारतीलाई पछि पारेका छन् । उनी १८ हजार ४८० मतले अघि छन् । उत्तर पूर्वी दिल्लीमा भाजपाका मनोज तिवारी कांग्रेसका उम्मेदवार कन्हैया कुमारभन्दा अगाडि छन् ।

पछिल्लो मतपरिणाम अनुसार उनीहरूका बीचमा ४१ हजार ५७९ को मतान्तर रहेको बीबीसी हिन्दीले जनाएको छ । उत्तर पश्चिमी दिल्लीमा पनि भाजपाका योगेन्द्र चन्दोलिया ६५ हजार ३४४ मतले लिड गरिरहेका छन् । यस क्षेत्रमा कांग्रेसका तर्फबाट उदित राज उम्मेदवार छन् ।

दक्षिणी दिल्लीमा भाजपाकै रामवीर सिंह बिधुडी र आम आदमी पार्टीका शाही राम चुनाव लडेका छन् । रामवीर सिंह बिधुडी २० हजार २०६ मतले अगाडि छन् । पश्चिम दिल्ली निर्वाचन क्षेत्रमा भाजपाका कमलजीत सेहरावतले आम आदमी पार्टीका महाबल मिश्रालाई पछि पारेका छन् । उनी ३८ हजार ३९७ मतले अगाडि छन् ।


सम्बन्धित समाचार