Logo

२३ जेठ, वीरगञ्ज । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आजको कार्यसूचिबाट विश्वासको मतको कार्यसूचि हटाउन माग गरेका छन् ।

मुख्यमन्त्री यादवले दिउँसो तीनबजेदेखि राखिएको विश्वासको मतको कार्यसूचि हटाउन प्रदेश सभामुखसंग माग गरेका हुन । मुख्यमन्त्री यादवले आज दिउँसो ३ बजे आह्वान गरिएको विश्वासको मतको कार्यसूचि सारेर २८ गते तोक्न सभामुख रामचन्द्र मण्डलसंग माग गरेका बताइएको छ ।

आफू अस्वस्थ रहेको भन्दै मुख्यमन्त्री यादवले आजको तोकिएको विश्वासको मतको समय सार्न प्रदेश सभाको कार्यालयसंग माग गरेको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।

प्रदेश सभामुख मण्डलका अनुसार मुख्यमन्त्री यादवले अहिले भर्खरै प्रदेश सभामा आफू अस्वस्थ रहेको जनाउ गर्दै पत्र पठाउनु भएको छ । ‘जसमा आज दिउँँसो ३ बजे विश्वासको मतको मिति सार्न सभामुखसंग माग गरिएको छ,’ उनले भने ।


सम्बन्धित समाचार