Logo

२३ जेठ,काठमाडौँ । काठमाडौंको तीनकुनेमा रहेको एक पसलमा आगलागी भएको छ। बुधबार बिहान साढे ११ बजे काठमाडौं महानगरपालिका वडा नम्बर ३२ तीनकुनेस्थित सुविधानगर मार्गमा रहेको ५ तले घरको अण्डर ग्राउण्डमा

आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए। दिलीपकुमार साहले संचालन गरेको ग्रुप अन ट्रेडिङ डिलरमा अचानक आगलागी भएको प्रहरीले जनाएको छ।

आगलागीबाट धनुषा घर भई कालिमाटी बस्ने २३ वर्षीय बिक्कर लामा र सूर्यविनायक नगरपालिका वडा नम्बर ६ बस्ने २८ वर्षीय उदय श्रेष्ठ घाइते छन्। उनीहरू दुवैको हात र खुट्टामा आगोले पोलेको छ। उपचारको लागि कान्तिपुर अस्पताल लगिएको एसपी अधिकारीले बताए।

आगलागीको कारण खुलिसकेको छैन। आगो प्रहरी, दमकल, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानिय बासिन्दाको सहयोगमा निभाउने कार्य भइरहेको छ। अन्य क्षतिको विवरण आउन बाँकी छ।


सम्बन्धित समाचार