Logo

२३ जेठ, वीरगञ्ज । मधेश प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले सर्वदलीय बैठकसंग छलफल थालेका छन् । मुख्यमन्त्री सरोजकुमार यादवले आजको कार्यसूचिबाट विश्वासको मतसम्बन्धी कार्य सार्न आग्रह गरेपछि सभामुख मण्डलले त्यसबारे निर्णय लिन सर्वदलीय बैठक डाकेका हुन ।

प्रदेश सभाको भवनमा सभामुख मण्डल अहिले दलका नेताहरुसंग छलफल गरिरहेको सभामुखको कार्यालयले जानकारी दिएको छ ।
दलका नेताहरुसंगको बैठकपछि परामर्श समितिसंग छलफल गर्ने सभामुखले तयारी गरेका छन् । सभामुखको कार्यालयका अनुसार अहिले दलका नेताहरुसंग बैठक चलिरहेको छ, यो सकेलगत्तै परामर्श समितिसंग छलफल गर्ने सभामुख कार्यसूचि छ ।

छलफलबाट आएको सुझाव अनुसार सभाुमख मण्डलले आजै मुख्यमन्त्रीको प्रस्तावबारे निर्णय लिने तयारी गरेको बताइएको छ । मुख्यमन्त्री सरोजकुमार यादवले सभामुखसंग आज दिउँसो ३ बजे लिन लागिएको विश्वासको मतसम्बन्धीको कार्यसूचि सार्न माग गरेका हुन ।

मुख्यमन्त्रीबाट औपचारिक पत्र प्राप्त भइसकेपछि प्रदेश सभाका सभामुख उक्त प्रस्तावबारे निर्णय लिन छलफलमा जुटेका छन् । विरामी परेको भन्दै मुख्यमन्त्री यादवले आजको कार्यसूचि फेर्न विहान १२ बजे पछाडि निवेदन लेख्दै सभामुख मण्डलसंग आग्रह गरेका थिए ।

अब विश्वासको मतको कार्यसूचि २८ गते तोक्न सभामुख रामचन्द्र मण्डलसंग मुख्यमन्त्री यादवले माग गरेका छन् ।


सम्बन्धित समाचार