Logo

२३ जेठ, वीरगञ्ज । पर्सा प्रहरीले एक जना भारतीय हुण्डी कारोवारीलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले बीरगन्जको बाइपास सडकबाट करिब ६ लाख रुपैयाँ हुण्डीसहित एक भारतीयलाई पक्राउ गरेको हो ।

प्रहरीको टोलीले विहार रक्सौल निवासी बब्लु रौनियारलाई पक्राउ गरेको हो । शंकास्पदरुपमा आइरहेको अवस्थामा उनलाई रोकेर जाँच गर्दा प्रहरीले स्रोत नखुलेको ५ लाख ९० हजार रुपैयाँ बरामद गरेको पर्सा प्रहरीका डिएसपी केशर न्यौपानेले बताए ।

उनका अनुसार रौनियारले पिठ्युमा बोकेर कालो ब्यागभित्र लुकाइ बीरगन्जतर्फ ल्याइरहेको अवस्थामा पक्राउ गरिएको हो । प्रहरीको उनको साथबाट एक हजार दरका ४१५ वटा, ५ सय दरका ३४० वटा र ५० रुपैयाँका नोट बरामद गरेको छ ।

पक्राउ परेका रौनियारलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ । प्रहरी हिरासतमा रहेका रौनियारविरुद्ध विरुद्ध बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन,२०७३ बिरूद्वको कसूरमा थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।


सम्बन्धित समाचार