Logo

२३ जेठ,काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पदबाट राजीनामा दिएका छन् ।

नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न बुधबार उनले राष्ट्रपति दौपदी मुर्मूसमक्ष राजीनामा दिएका हुन् । राष्ट्रपति मुर्मूले पनि प्रधानमन्त्री मोदीको राजीनामा बुधवारै स्वीकृत गरेकी छिन् । चाँडै राष्ट्रपति मुर्मूले नयाँ सरकार गठनका लागि आह्वान गर्ने र आगामी शनिवार नयाँ प्रधानमन्त्रीले शपथ लिने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

हालै भएको आम निर्वाचनमा मोदी आबद्ध दल भारतीय जनता पार्टी (भाजपा) भारतको लोकसभामा बहुमत ल्याउनबाट चुकेको छ । यद्यपि, गठबन्धनको सहयोग लिएर फेरि मोदी नै प्रधानमन्त्री हुने सम्भावना प्रबल छ ।

भाजपाले २४० सिटमा जीत हात पारेको छ । ५४३ सदस्यीय लोकसभामा बहुमतका लागि २७३ सिट चाहिन्छ ।


सम्बन्धित समाचार