Logo

२३ जेठ, वीरगञ्ज । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मत दिने निर्णय गरेको छ । प्रदेश सभाबाट आज लिन लागिएको विश्वासको मतमा लोसपाले मुख्यमन्त्री यादवलाई विश्वास मत दिने निर्णय गरेको हो ।

लोसपा संसदीय दलको बैठकले प्रदेश सभाबाट लिन लागिएको विश्वासको मतमा जसपा नेतृत्वको सरकारलाई सघाउने निर्णय भएको मधेश प्रदेश अध्यक्ष जितेन्द्र सोनलले बताए । उनका अनुसार केन्द्रको ‘डेमोक्रेटिक एलायन्स’मा लोसपा रहेकोले मधेश प्रदेश सरकार गठनको लागि अहिले तटस्थ बस्न लागेको हो । प्रदेश सभामा अहिले लोसपाका ८ जना सांसदहरु छन् ।

मुख्यमन्त्री यादवले लिन लागेको विश्वासको मतमा अहिलेसम्म कांग्रेससहित लोसपाले पनि जसपा नेतृत्वको सरकारलाई सघाउने औपचारिक निर्णय गरेको हो ।


सम्बन्धित समाचार