Logo

२५ जेठ, जनकपुर । मधेश सरकार निर्माणका लागि आज ५५ जनाको दाबी पेश भएको छ ।

एमाले–माओवादीसहितका सत्तारुढ दलको गठबन्धनले आज विहान ५५ जना प्रदेश सांसदको हस्ताक्षरसहित दाबी पेश गरेका हुन ।

प्रदेश प्रमुखले सुमित्रा भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेको समयसीमाभित्र केन्द्रका सत्तारुढ दलहरुले मधेश प्रदेशमा दाबी पेश गरेका हुन ।

एमाले,माओवादी, जनमत, एकीकृत समाजवादी, नेपाल संघीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीका सांसदहरुको हस्ताक्षरसहित दाबी पेश गरिएको माओवादी प्रदेश सांसद युवराज भट्टराइ (समीर) ले बताए ।

उनका अनुसार प्रदेश प्रमुखले सरकार निर्माण गर्नका लागि दाबी पेश भनेका थिए, त्यही अनुसार बहुमत सांसदहरुको हस्ताक्षरसहित आज दाबी पेश भएको हो ।
प्रदेश सभाबाट बुधबार मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत नपाएपछि प्रदेश प्रमुख भण्डारीले दाबी पेश गर्न आह्वान गरेकी थिइन ।

प्रदेश प्रमुख भण्डरीले आजै मुख्यमन्त्रीमा नियुक्त गरेर पद तथा गोपनीयताको शपथ खुवाउने तयारी गरेको प्रदेश प्रमुखको कार्यालयले जानकारी दिएको छ ।


सम्बन्धित समाचार