Logo

२५ जेठ, वीरगञ्ज । मधेश प्रदेशमा जनमत नेतृत्वमा नयाँ सरकार गठन हुने भएको छ ।

सरकार निर्माणका लागि ६ दल मिलेर सरकार बनाउने दाबी पेस गरेसंगै जनमत नेतृत्वमा नयाँ सरकार गठन हुने भएको हो ।

बुधबारको सदनबाट मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिन नसकेपछि प्रदेश प्रमुखले दिएको समयसीमाभित्र आज विहान ६ दलले मिलेर संयुक्तरुपमा सरकार बनाउने दाबी पेश गरेका हुन् ।

मधेशमा एमाले, माओवादी, जनमत, एकीकृत समाजवादी, नेपाल संघीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीले संयुक्तरुपमा सरकार गठन गर्ने दाबी पेस गरेको माओवादी प्रदेश सांसद युवराज भट्टराइ (समीर) ले जनाए ।

सरकार गठनका लागि बहुमत सांसदको हस्ताक्षरसतिह दाबी पेस भएसंगै आजै मुख्यमन्त्रीसहित सबै मन्त्रीहरुले शपथ पनि लिनेछन् ।

कुन पार्टीलाई कुन मन्त्रालय ?

सत्तारुढ दलले बिहीबार कुन पार्टीलाई कति मन्त्रालय दिनेसमेत टुंगोसमेत लगाएका छन् ।

सरकारमा सहभागी ६ दलहरुमध्ये एमालेलाई ४, माओवादीलाई २, जनमतलाई मुख्यमन्त्रीसहित २, एसलाई २ र नागरिक उन्मुक्ति र नेपाल संघीय समाजवादीलाई एक/एक मन्त्रालय भागबण्डामा परेको छ ।

एमालेको भागमा भौतिक, शिक्षा, स्वास्थ्य र युवा तथा खेलकुद मन्त्रालय परेको छ भने माओवादीलाई अर्थ र पर्यटन मन्त्रालय परेको छ ।

यसैगरी जनमतलाई मुख्यमन्त्रीसहित वन मन्त्रालय परेको छ भने एकीकृत समाजवादीको भागमा उर्जा र कृषि मन्त्रालय परेको एमाले–माओवादी गठबन्धनले जानकारी दिएको छ

त्यस्तै नागरिक उन्मुक्ति पार्टीलाई श्रम तथा रोजगार र नेपाल संघीय समाजवादीलाई गृह मन्त्रालयको जिम्मेवारी दिइएको माओवादी प्रदेश सांसद भट्टराइ बताउँछन् ।

दाबी पेश भएसंगै सत्तारुढ दलहरुले आजै विहान ११ बजे पद पद तथा गोपनीयताको शपथ लिनेछन् ।

यो पनि :

मधेश सरकार सरकार निर्माणका लागि आज ५५ जनाको दाबी पेस

जनमत पार्टीले मधेस प्रदेशको मुख्यमन्त्रीमा सतिश सिंहलाई उम्मेदवार बनाउने


सम्बन्धित समाचार