Logo

२५ जेठ, वीरगञ्ज । उपभोक्ता हित संरक्षण मञ्च नेपाल जिल्ला कार्य समिति पर्साले बिमा प्राधिकरणले जारी गरेको बिमा निर्देशिकामा राखिएको आतंकवाद प्रिमियम हटाउन माग गरेको छ ।

उपभोत्ता हित संरक्षण मञ्च पर्साले वीमा प्राधिकरणले २०८० असोज देखि लागु हुने गरी जारी गरेको बिमा निर्देशिकामा संविधानले नै स्थापित गरेको उपभोत्ताको छनौटको अधिकारलाई समेत कुण्ठित गर्ने गरी बिमामा आतंकवाद प्रिमियम लिने गरेकोमा त्यसलाई सच्याउन माग गर्दै ज्ञापनपत्र बुझाएको हो । पर्साका अध्यक्ष सुनिल श्रेष्ठको नेतृत्वमा गएको टोलीले बिमा प्राधिकरण मधेस प्रदेश प्रमुख कुसुम शर्मामार्फ ज्ञापनपत्र बुझाएको हो ।

बिमा प्राधिकरणले नेपालको संविधान २०७२ को धारा ४४ ले मौलिक हकको रुपमा स्थापित गरेको उपभोक्ता अधिकार र सार्वभौम संसदले पास गरेर उपभोक्ता अधिकार स्थापित गर्न जारि गरेको उपभोक्ता ऐन २०७५ को दफा ६ मा व्यवस्थागरेको उपभोक्ताको छनौटको अधिकार समेतलाई कुन्ठित हुने गरी राज्यको जिम्मेवार नियामक निकाय बिमा प्राधिकरणले आतंकवादको समेत बिमा प्रिमियम तिर्नुपर्ने निर्देशिका जारी गरेको छ ।

नेपालको संविधान विपरित तथा राज्यले अहिलेसम्म कुनैपनि संघ संगठनलाई आधिकारिक रुपमा आतंककारी घोषणा नगरेको अवस्थामा कम्पनीका लगानी कर्ताको हितमा ऐनमा उल्लेख गरेर स्थापित गरेको उपभोक्ता अधिकारलाई निर्देशिका मार्फत उपभोत्ताको छनौट अधिकार कुण्ठित हुने गरी ल्याएको निर्देशिका खारेज गर्न माग गरेको छ । सर्वसाधारण उपभोक्ता संगठित नहुँदा ग्राहस्थ बिमा र सम्पत्ति बिमामा हुलदङ्गा र आतंकबादको प्रिमियम नतिरि बिमालेख नै खरिद गर्न नपाईने र उपभोक्ता ऐन २०७५ ले व्यवस्था गरेको छनौटको अधिकारलाई निर्देशिका मार्फत कुण्ठित गर्न कानुनी रुपमा नमिल्ने मञ्चले जनाएको छ ।

आतंकबादको प्रिमियमको नाममा बार्षिक अर्बौं रकमको घोटाला गर्नका लागि कुनै स्वार्थ समूहको स्वार्थ पूरा गराउने उद्देश्य प्ररित आतंकवाद प्रिमियम ल्याईएको भन्दै बिमा निर्देशिका २०८० तुरुन्त परिमार्जन माग गरेको छ । बिमा बजार सर्वसाधारणको पहुँचमा पुग्ने गरि बिमा दररेट सस्तो बनाउदै सबै जोखिमको दररेट स्वच्छिक बनाउदै उपभोक्ता ऐन २०७५ ले व्यवस्था गरेको उपभोक्ता छनौट गर्न पाउने अधिकारको सम्मान गर्न उपभोक्ता हित संरक्षण मञ्च नेपालले जोड्दार माग गरेको छ ।

ज्ञापनपत्र बुझाउने टोलीमा पर्सा उपाध्यक्ष अजित कुमार भुजेल, कोषाध्यक्ष रचेन्द्र सिंह थापा, सदस्य मनोज गुप्ता, राकेश सुवेदी, गजेन्द्र महतोको सहभागीता रहेको थियो ।


सम्बन्धित समाचार