Logo

२५ जेठ, वीरगञ्ज । मधेश प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री सतिश सिंहले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रदेश प्रमुख सुमित्रा भण्डारीले नवनियुक्त मुख्यमन्त्री सिंहलाइ शपथ खुवाएकी हुन् । आजै प्रदेश प्रमुख भण्डारीले सिंहलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् । जनमत पार्टीको तर्फबाट उनी मधेश प्रदेशको तेस्रो मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

यसअघि सिंहको नेतृत्वमा सरकार बनाउन नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टी र नेपाल सङ्घीय समाजवादीको समर्थनमा प्रदेश प्रमुख समक्ष दाबी पेस गरेको थियो । प्रदेश सभामा १०७ सदस्य सङ्ख्यामा सामान्य बहुमतका लागि ५४ जनाको समर्थन आवश्यक छ ।

गठबन्धनका ५५ प्रदेश सभा सदस्यको समर्थनमा सिंह मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।


सम्बन्धित समाचार