Logo

२६ जेठ, वीरगञ्ज । वीरगञ्जमा आयोजित खुल्ला रक्तदान कार्यक्रममा एक सय ३१ जनाले रगतदान गरेका छन् । नेपालको मुख्य प्रवेशद्वार शंकराचार्य गेटमा आयोजित कार्यक्रममा २ जना महिलासहित एक ३१ जनाले रगतदान गरेका हुन् ।

प्रहरी चौकी इनर्वाले बढ्दो गर्मीमा रक्तदान कार्यक्रममा कमि आउँदा रक्तसञ्चार केन्द्र वीरगञ्जमा भएको रगत अभावलाई मध्यनजर गर्दै कार्यक्रम आयोजना गरेको हो । रक्तसञ्चार केन्द्रमै रगतको अभाव भएकाले अस्पतालमा उपचार गराउन आउने बिरामीहरुलाई सहज होस् भन्ने अभिप्रायले कार्यक्रमको आयोजना गरेको प्रहरी चौकी इनर्वाका इन्चार्ज तेजप्रताप सिंहले जानकारी दिए ।

रक्तदान गर्नेहरुमा अनिशा गौतम, सिता क्षेत्री, अशोक प्रसाद यादव, सुरज सर्राफ, अजय कुमार, हेमन्त राउत, रामप्रकाश सर्राफ, निरज कुमार यादव लगायतका रहेका रक्तसञ्चार केन्द्र वीरगञ्जका राजन श्रीवास्तवले बताए ।

रक्तदान गर्नेहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो । भने उनीहरुलाई गम्छा ओढाएर सम्मान समेत गरिएको थियो । कार्यक्रममा रक्तसञ्चार केन्द्र वीरगञ्जका प्राविधिकहरुले प्राविधिक सहयोग उपलब्ध गराएको उनको भनाइ छ ।


सम्बन्धित समाचार