Logo

२६ जेठ, वीरगञ्ज । अध्ययनका लागि विद्यार्थी भिसामा रसिया पठाई दिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन् । रसिया पठाइदिन्छु भन्दै झन्डै ११ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रौतहटको यमुनामाइ गाउँपालिका वडा नम्बर २ का २३ वर्षका राहुल कुमार प्रजापति रहेका छन् । प्रजापतिले आफ्नै गाउँका २० वर्षीय जितेन्द्र कुमार यादवलाई अध्ययन भिसामा रसिया पठाइदिने भनेर ठगी गरेको रौतहट प्रहरीका प्रहरी नायब उपरिक्षक डिएसपी एलिजा गिरीले प्ुष्टि गरिन् ।

नेपालस्थित रसियन एम्बेसीद्वारा जारी भएको भन्दै नक्कली कागजात देखाएर प्रजापतिले १० लाख ८७ हजार ७२० रुपैयाँ ठगी गरेका डिएसपी गिरीले बताइन् । पीडितको उजुरीको आधारमा प्रजापतिलाई अन्य ठाउँमा लुकिछिपी बस्दै गरेको अवस्थाबाट पक्राउ गरेको प्रहरीले जनायो ।

पक्राउ परेकामाथि ठगी तथा आपराधिक लाभ सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी जिल्ला अदालत रौतहटबाट म्याद थप गरी अनुसन्धान भइरहेको रौतहट प्रहरी बताउँछ ।


सम्बन्धित समाचार