Logo

२६ जेठ, वीरगञ्ज । पर्सामा बुधबार राती आएको हावाहुरीबाट भएको क्षतिबारे अनुगमन गर्न कांग्रेस सांसद अजय चौरसियासहितको टोलीले आज पीडितहरुसंग भेटघाट गरेको छ ।
तीन दिन अगाडि आएको हावाहुरीको क्षतिबारे जानकारी लिन नेपाली कांग्रेस पर्साका सांसद चौरसियासहितका टोलीले आज क्षेत्र नम्बर २ को विभिन्न ठाउँमा पुगेका हुन ।

टोलीले क्षेत्रका आधा दर्जन गाउँका हावाहुरीबाट पीडितहरुको परिवारसंग भेटघाट तथा अनुगमन गरेको हो । सांसद चौरसियासहितको टोलीले बीरगन्ज महानगरपालिकाको वडा नम्बर २७ र २८, पर्सागढी नगरपालिकाको वडा नम्बर ५,६ र ७ तथा बहुदरमाइ नगरपालिकाको वडा नम्बर ४ मा निरीक्षण तथा अनुगमन गरेको हो ।

अनुगमनका क्रममा हावाहुरीबाट करोडौंको क्षति भएको पाइएको क्षेत्र नम्बर २ का प्रदेश सांसद श्याम पटेलले जानकारी दिए ।  उनका अनुसार अस्ती राती आएको हावाहुरीले ग्रामिण भेगमा करोडौंको क्षति पु¥याएको देखिन्छ । ‘हावाहुरी

पीडितहरुको समस्या समाधानका लागि हामी सदनमार्फत पहल गर्नेछौं,’उनले भने ।पीडितहरुसंग भेटघाट गर्दै सांसद अजय चौरसियाले केन्द्र सरकारबाट पनि राहत ल्याउन पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

उनी भन्छन्,‘तर त्यस अघि तपाइहरु यहाँको घटनाबारे प्रहरीलाई जानकारी टिपाउनुहोस, जिल्ला प्रशासन कार्यालयमा गएर आफ्नो समस्या बताउनुहोस । बाँकी पहल गर्ने, राहत ल्याउने काम हामी गर्छौ ।’ अनुगमन टोलीमा सांसद चौरसियासहित, प्रदेश सांसद श्याम पटेल, क्षेत्रीय सभापति महम्मद शहाबुद्दिन, पूर्वमेयरद्वय नितेन्द्र साह र लोकनारायण यादव, वडाअध्यक्ष शंकर राय भरसहितका सहभागीता थियो ।


सम्बन्धित समाचार