Logo

२६ जेठ, वीरगञ्ज । बाराको कलैयामा भएको कार्यक्रममा ३४ जनाले रगतदान गरेका छन् ।

कटिया स्टेशनको प्राङगणमा भएको कार्यक्रममा ३४ जनाले रगतदान गरेका हुन् । कटिया स्टेशन कलैया ४ बाराले आज कार्याक्रमको आयोजना गरेको हो ।

रक्तसञ्चार केन्द्र वीरगञ्जमा भएको रगत अभावलाई मध्यनजर गर्दै आकस्मिक रक्तदान कार्यक्रम आयोजना गरेको जनाइएको छ । रक्तदान गर्नेहरुमा उपेन्द्र पटेल, लाल बाबु कुमार साह, कृष्ण मुरारी जयसवाल, सुमित कलवार, अर्जुन साह लगायतका रहेका रक्तसञ्चार केन्द्र वीरगञ्जका प्रमुख सौरभराज पाण्डेले बताए ।

कार्यक्रममा रक्तसञ्चार केन्द्र वीरगञ्जको टोलीले प्राविधिक सहयोग उपलब्ध गराएको थियो ।


सम्बन्धित समाचार