Logo

२७  जेठ, बारा । जनहित उपभोक्ता समिति , सिमराको १७ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । मधेश प्रदेशका प्रदेश सभा सदस्य देव नारायण चौधरीले कार्यक्रमको उद्घाटन गरेका थिए । उनले वन संरक्षणको क्षेत्रमा प्रदेशको योजना ल्याउन पहल गर्ने  बताए ।

जनहित उपभाक्ता समितिको १७ औँ वार्षिक साधारण सभालाइ सम्बोधन गर्दै  उनले बनको क्षेत्रमा उल्लेख्य काम गर्न सफल भएको यस क्षेत्रको बन संरक्षण गर्न प्रदेशको योजना ल्याउन आफुले पहल गर्ने बताए ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएको चौधरीले बन भित्र निर्माण हुन लागेको बाटो निर्माणले बन र बन्यजन्तुको संरक्षणमा बाधा पुग्ने भएकाले यस बारेमा समेत सचेत हुन आवश्यक रहेको बताए ।

उनले बनमा आश्रीत समुदायका लागि सिप मुलक तालिम दिई आर्थिक रुपमा सम्पन्न बनाउन पनि राज्यको ध्यान जान आवश्यक रहेकाले यस कार्यलाई प्रदेश सरकारको सहकार्यमा अगाडी बढाउने योजना ल्याउन सदनमा जोडदार आवाज उठाउने प्रतिबद्धता ब्यक्त गरे ।

यसैगरी कार्यक्रमलाई सम्बोधन गदै पर्सा राष्ट्रिय निकुञ्ज कार्यलय आधाभारका वरिष्ठ संरक्षण अधिकृत रामचन्द्र खतिवडाले बनको संरक्षण कार्यमा लाग्न सबैलाई आग्रह गरे । उनी वन संरक्षण कार्यलाई सबैको साझा बनाउन बनमा आश्रीत परिवारलाई लक्षित गर्दै सिप सिकाउन समितिलाई निर्देशीत गरे ।

कार्यक्रममा बोल्दै जितपुरसिमरा उपमहानगरपालिकाका नगरउपप्रमुख भोला अधिकारीले नगर सहयोगमा शुरु भएको बन क्षेत्र संरक्षण तारबार जडान कार्यलाई निरन्तरता दिन पहल गर्ने बताए । जनहित उपभोक्ता समितिले संरक्षणको कार्यको प्रशसा गर्दै अध्यक्षको प्रतिवेदनमा समेटएको कार्ययोजनाको सफताको कामना समेत गरे ।

जनहित उपभोक्ता समितिका अध्यक्ष अमृतलाल श्रेष्ठको सभाअध्यक्षतामा सम्पन्न १७ औँ साधारण सभामा जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष कैमुदिन अंसारी, जीतपुरसिमरा उपमहानगरपालिका वडा न. ३ का का.वडा अध्यक्ष माया वि.क, मुसहर्निमाई मध्यवर्ती सामुदायिक वन समुहका अध्यक्ष कुबेर न्यौपाने, जनजागरण मध्यवर्ती सामुदायिक वन समुहका सचिव आजिर अंसारी, कोषाअध्यक्ष कमरुल होदा अंसारी, भिमेश्वर मध्यवर्ती सामुदायिक वन समुहका सचिव सुमन थापा मगर लगायतको सहभागिता रहेको थियो ।


सम्बन्धित समाचार