Logo

२७ जेठ, जनकपुर । जनता समाजवादी पार्टी (जसपा) नेपालको जनकपुरधाममा भोलि जेठ २८ गतेदेखि शुरु हुने एकताको राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पुरा भएको छ ।

महाधिवेशनको विषयमा जानकारी दिन शनिबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा पार्टीका अध्यक्ष उपेन्द्र यादवले महाधिवेशनमा देशका ७७ जिल्लाबाट १ हजार ३ सय प्रतिनिधि आउने जानकारी दिए ।

तीन दिनसम्म चल्ने महाधिवेशनको बन्द शत्रमा राजनीतिक वैचारिक दस्ताबेज, नीतिगत दस्ताबेज दस्ताबेज पेश गरेर त्यसमा व्यापक बहस तथा छलफल पछि महाधिवेशनबाट आवश्यक परिमार्जन सहित पारित गरिने अध्यक्ष यादवले जानकारी दिए ।

यस्तै महाधिवेशनबाट नयाँ नेतृत्वका लागि जेठ ३० गते चुनावी प्रक्रिया शुरु हुने जानकारी पत्रकार सम्मेलनमा दिइएको छ ।

पत्रकार सम्मेलनमा अध्यक्ष यादवले विदेश रहेको बेला षड्यन्त्र रुपमा पार्टी फुटाउने काम भए पनि ९९ सय प्रतिशत नेता तथा कार्यकर्ताहरू आफूहरूकै साथमा भएको दाबी गरे ।

अध्यक्ष यादवले विभिन्न देशका राजदूतहरूलाई फिर्ता बोलाउने काम कूटनीतिक मर्यादा विपरीत भएको बताए ।


सम्बन्धित समाचार