२८ जेठ, वीरगञ्ज । वीरगञ्जमा एक पुरुषको शव फेला परेको छ । वीरगञ्ज १६ शंकराचार्य गेट स्थित खुला चौरमा अन्दाजी ३० वर्षको जस्तो देखिने पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।
आइतबार साँझ खुला चौरमा एक जना व्यक्ति मृत फेला परेको भन्ने सूचना पाएपछि प्रहरी घटनास्थल पुगेको थियो ।
कालो रंगको सर्ट, निलो रंगको टिसर्ट, कालो रंगको जिन्स पाइन्ट र खैरो रंगको जुत्ता लगाएका व्यक्तिको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
शव मुचुल्का गरी नारायणी अस्पतालको शवगृहमा राखिएको छ ।
मृत भेटिएका ती व्यक्तिको अनुहारमा रगत देखिएको छ । कसैले हत्या गरेर फालेको हुन सक्ने आशंका प्रहरीको छ ।
घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।