Logo

३० जेठ, वीरगञ्ज । अत्यधिक गर्मीसँगै तराई मधेसमा सर्पदशंका घटनाहरु पनि बढ्न थालेका छन् । सरकारी अस्पतालहरुमा सर्पदंशका बिरामीहरुको संख्या बढ्ने क्रममा रहेको चिकित्सकहरुले जनाएका छन् ।

वीरगञ्जको नारायणी अस्पतालका बरिष्ठ फिजिसियन डाक्टर उदयनाराया सिंहका अनुसार सर्पदंशका कारण विशेषगरी बालबालिकाहरु प्रभावित छन् । नारायणी अस्पतालमा मात्रै औसतमा दैनिक १० जनाभन्दा बढी सर्पदंशका बिरामीहरु उपचारका लागि आउने गरेको डाक्टर सिंहले जनाए ।

सर्पदंशबाट पर्सामा दुईदिन अघि मात्र एकजनाको मृत्यु समेत भएको थियो । जेठ २९ गते पर्साको जीराभवानी गाउँपालिकामा एकजनाको सर्पदशंबाट मृत्यु भएको हो ।

हाल थप २–३ जना सर्पदशंका गम्भिर अवस्थाका बिरामीको अस्पतालमा उपचार भइरहेको उनले बताए । सर्पदंशबाट बच्नका लागि सावधानी अपनाउन र सर्पले डसिहाले समयमा अस्पताल पुर्‍याउन आग्रह गरेका छन् ।

अहिले अत्यधिक गर्मीले जमिनमुनीको समेत तापक्रम बढेको र सर्प शितल खोज्दै जमिन बाहिर वा दुलो बाहिर निस्किएर सुरक्षित स्थान खोज्दै हिड्दा विशेष गरी तराई मधेशका स्थानीयलाई सर्पले डस्ने गर्दछ ।

 


सम्बन्धित समाचार