Logo

३१ जेठ,काठमाडौँ । लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समिति नेपालले असार १६ गतेदेखि वित्तीय संस्थाहरू विरुद्ध देशव्यापी आन्दोलनको घोषणा गरेको छ। बिहीवार काठमाडौंमा समितिले पत्रकार सम्मेलन गर्दैै आन्दोलनका कार्यक्रमको घोषणा गरेको हो।

समिति अध्यक्ष मनिराम ज्ञवालीले लघुवित्त पीडितका माग असार १५ गतेसम्म पूरा नभए १६ गतेदेखि वित्तीय संस्थाहरूको ज्यादतीविरुद्ध आन्दोलन गर्ने चेतावनी दिए। उनले कालोसूची र धितो लिलाम गर्ने गराउने प्रक्रिया रोक्न माग गरे। ज्ञवालीले यी माग सम्बोधन नभए असार १६ गतेदेखि वित्तीय संस्थाहरु विरुद्ध देशव्यापी मसाल जुलुससहित विद्रोहमा जाने चेतावनी पनि दिए।

उनले वित्तीय माफियाहरूको विरुद्ध बलिदान दिन समेत तयार रहेको भन्दै विद्रोहमा जाने निर्णय भएको बताए। समितिले शान्तिपूर्ण आन्दोलनलाई कमजोरीका रुपमा नलिन सरकारलाई सचेत गराएको छ।


सम्बन्धित समाचार