Logo

३१ जेठ, वीरगञ्ज । जगरनाथपुरको ओरिया खोला किनारबाट बरामद दुई वटै शवको सनाखत भएको छ । गत मंगलबार जगरनाथपुरको वडा नम्बर १ पिडारी नजिकै ओरिया खोलामा गाडिएको अवस्थामा २ वटा शव फेला परेको थियो ।

प्रहरीले सोही दिन घटनास्थलको मुचुल्का गरी शव परिक्षणको लागी नारायणी अस्पतालमा पठाएको थियो । शव भेटेको दुई दिन पछि उनीहरुको पहिचान खुलेको छ ।
दुई वटै शव बाराका जिल्लाका रहेका प्रहरीले बताएको छ ।

एउटा शव बाराको कलैया उपमहानगरपालिका वाड नम्बर ६ का ६० वर्षीय रामएकवाल पडित कुम्हालको र अर्को शव बाराकै आर्दशकोतवाल गाउँपालिका वाड नम्बर ७ घर भई हाल कलेयामा बस्दै आएका ४० वर्षीय ठाकुर लोहारको रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्त एवम डिएसपी दीपक भारतीले जानकारी दिए ।

दुवै शवको परीक्षण सकिएको छ । तर के कारणले उनीहरुको मृत्यु भएको हो भन्ने बारे प्रहरीले अहिले खुलाएको छैन ।


सम्बन्धित समाचार