Logo

३२ जेठ,काठमाडौँ । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले पशुपति विकास कोषलाई दुहुनो गाई बनाइएको बताएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सिंहले पशुपति विकास कोषलाई दुहुनो गाई बनाइएको बताएका हुन् ।

उनले जो सरकारमा आए पनि पशुपति विकास कोषको नेतृत्व परिवर्तन गर्ने गरिएको र आफ्नो मान्छे भर्ती गर्ने गरिएको बताए । उनले राजनीतिक नियुक्तिलाई दलीय आकांक्षा र दलीय स्वार्थको बनाउन नहुनेमा जोड दिए ।

“जो सरकारमा आए पनि पशुपति विकास कोषको नेतृत्व परिवर्तन गर्ने । त्यहाँ दुहुनो गाईजस्तै भएको छ, जो आयो आफ्नो मान्छे छिराउने, त्यहाँ दुहुने, अर्को सरकार आयो फेरि छिराउने । यस्तो नगरौँ । राजनीतिक नियुक्ति दलीय आकांक्षा, दलीय स्वार्थको नबनाऔँ । राष्ट्रिय स्वार्थको बनाऔँ । जनस्वार्थको बनाऔँ । राष्ट्रिय स्वार्थ बलियो भयो भने हामी त्यत्तिकै बलियो हुन्छौँ,“ सिंहल भने ।

सांसद सिंहले इन्टरनेटको पहुँच गाउँगाउँमा पु¥याउनुपर्ने पनि बताए । उले तराईका पछाडि परेका समुदायसमक्ष सञ्चारको पहुँच सहजरूपमा पु¥याउनुपर्ने बताए ।


सम्बन्धित समाचार