Logo

३२ जेठ, वीरगञ्ज । पर्साको धोबिनी गाउँपालिका प्रमुख र स्थानीयबिच झडप भएको छ । पालिकाको समस्याप्रति प्रमुखले सुनुवाइ नगरेको भन्दै कार्यालयमा पुगेका स्थानीयले विरोध गर्न थालेपछि विवाद भएको हो ।

स्थानीय अजय पटेल, ललन कुर्मीसहितको नेतृत्वमा गएको टोलीले गाँँउपालिका प्रमुख मदन चौहानसंग जनताको समस्या सुल्झाउन माग गरेका थिए । तर पालिकाबाट समस्या सुल्झाउनको साटो उल्टै स्थानीयलाई हप्कीदप्की दिन थालेपछि आक्रोशित स्थानीयले पालिकामा नाराबाजी गर्दै प्रदर्शन गर्न थालेको स्थानीय बताउँछन् ।

यहीक्रममा पालिका प्रमुख चौहानले आफ्ना समर्थक बोलाएर विवाद गर्न खोजेका थिए । त्यसपछि आक्रोशित स्थानीय र पालिका प्रमुख चौहानसंग विवाद भएको थियो । एक स्थानीयका अनुसार आक्रोशित जनताले पालिका प्रमुखलाई दुव्र्यहार समेत गरेका थिए । विवाद उग्र बन्दै गएपछि पालिकामा पुगेको प्रहरीको टोलीले घटनालाई नियन्त्रणमा लिएको थियो ।

दर्जन भन्द बढी समस्याप्रति गाउँँपालिकका प्रमुखसहितका नेतृत्वले चासो नदेखाएको गुनासा सुनाउन स्थानीयहरु पालिका पुगेको पत्रकार आरके पटेलले जनाए ।
तर समस्या सुल्झाउनको साटो समस्यालाई बेवास्ता थालेपछि विवाद भएको थियो ।

स्थानीयहरु स्वास्थ्य चौकीमा औषधीको अभाव, विद्यालयमा शिक्षकको अभाव, पानीको समस्या जस्ता दर्जन भन्दा बढी गुनासा लिएर पालिका प्रमुखको कार्यालयमा पुगेका थिए ।


सम्बन्धित समाचार