Logo

३२ जेठ, वीरगञ्ज । मधेश जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीलाई विशाल जनसमर्थन रहेको बताएका छन् ।

राष्ट्रिय एकता महाधिवेशन सकिएपछि जसपा अध्यक्ष यादवले आज जनकपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले महाधिवेशनले पार्टीप्रति प्रष्टरुपमा जन समर्थन रहेको संदेश दिएको जनाए ।

प्रभावमा परेर चोइटीएर गएकाहरुबाट पार्टीलाई कुनै असर नगरेको उनको टिप्पणी छ । उनका अनुसार १÷२ जना साथीहरु विभिन्न प्रभावमा परेर चोइटिएर जानु भएको हो । तर त्यसको पार्टीमा कुनै असर नपारेको नपरेको उनी बताउँछन् ।

उनी भनछन्, ‘महाधिवेशनबाट जसपासंग अझ पनि जनसमर्थन रहेको प्रमाणित भइसकेको छ, किनभने उद्घाटनको दिन अत्यधिक गर्मी थियो तर त्यसको बाबजुद पनि आमसभामा विशाल सहभागीतामा पुग्यो । जसले गर्दा प्रमाणित भयो जसपासंग जनसमर्थन घटेको छैन ।’

‘चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरिन’ उखान जस्तै केही साथीहरु प्रभावमा परेर चोइटीएको उनको भनाइ छ । तीन दिने जनकपुर महाधिवेशन पूर्णरपमा सफल भएको उनको तर्क छ ।
जसपासंग जनता र जनतासंग जसपा रहेको महाधिवेशनले संदेश दिएको अध्यक्ष यादवको भनाइ छ ।


सम्बन्धित समाचार