Logo

३२ जेठ,बारा । बारामा आज एक जना क्याम्पस प्रमुख माथि गोली प्रहार भएको छ ।

कलैया स्थित रामराजा मोहन विक्रम साह बहुमुखी क्याम्पसका प्रमुख हरिभुषण कुशवाहा माथि गोली प्रहार भएको हो ।

मोटरसाइकलमा सवार ४५ वर्षीय कुशवाहा माथि अज्ञात समूहले आज दिउँसो हरनहिया चौक भन्दा केही पर भटिनिया गाउँ नजिकैको बाटोमा मोटरसाइकलमा आएका समूहले गोली प्रहार गरेको प्रहरी नायब उपरिक्षक दधीराम न्यौपानेले जानकारी गराउनुभयो । क्यापस प्रमुखको पिठयूमा गोली लागेको प्रहरीले जनाएको छ ।

घटनास्थलमा प्रहरी उपरिक्षक महेन्द्र खडका सहित जिल्लाका सुरक्षा निकायका अधिकृतहरु पुगेर अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

कुशवाहाको बीरगंज स्थित बयोधा मेडिसिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

कुशवाहा आदर्शकोतवाल गाउँपालिका वार्ड नम्बर ३ खजुरिया निवासी हुन ।


सम्बन्धित समाचार