Logo

१ असार,वीरगञ्ज । रौतहटमा आइतबार अपरान्ह एक जना युवकको हत्या भएको छ । घरबाट शौच गर्न निस्किदा २० वर्षीय युवकको हत्या भएको प्रहरीले जानकारी दिएको छ ।

रौटहटको गौर टिकुलियास्थित २० वर्षीय युवक रोहित सहनीको हत्या भएको हो । उनको शव घर नजिकैको केराबारीमा फेला परेको रौतहट प्रहरी प्रवक्ता एलिजा गिरीले बताइन् । घटनाबारे आफूहरुलाई केहीबेर अगाडि मात्र जानकारी आएकोले घटनास्थलमा प्रहरी भर्खरै पुगेको रौतहट प्रहरीको भनाइ छ ।

प्रवक्ता गिरीका घटनास्थललाई सुरक्षा घेराभित्र राखेर अनुसन्धान सुरु गरिएको छ । तर हत्या हो वा होइन अहिले भन्न सकिने अवस्था नरहेको प्रहरी बताँउछ । कुटपिट गरेर सहनीको हत्या भएको दाइ सन्जय सहनीले बताए । उनका अनुसार भाइको घाँटी थिचेर कुटपिट गरी हत्या भएको छ ।


सम्बन्धित समाचार