Logo

२ असार, वीरगन्ज । पर्सा प्रहरीले लागु औषधसहित एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयको टोलीले साढे २२ किलोग्राम लागुऔषध गाँँजासहित एक जनालाई पक्राउ गरेको हो ।

प्रहरीले टोलीले पटेर्वा सुगौली वडा नम्बर ४ बस्ने भथौडा का २९ वर्षीय अमित कुमार चौधरीलाई पक्राउ गरेको हो ।

प्रहरीलाई प्राप्त सूचनाको आधारमा छापामारी गर्दा उनको गोठबाट ७ पोका लागु औषध गाँँजा बरामद भएको पर्सा प्रहरी प्रमुख कुमोध ढुंगेलले बताए ।

पक्राउ परेका साहमाथि लागु औषध सम्बन्धी कसुरमा म्याद थप भइ अनुसन्धान प्रक्रिया बढाइएको प्रहरीले जनायो ।

उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको पर्सा प्रहरीले जानकारी दिएको छ ।


सम्बन्धित समाचार