Logo

३ असार,वीरगञ्ज । भारतीय कमेडियन कपिल शर्माले वर्षौंदेखि आफ्नो कमेडी शोमार्फत दर्शकलाई हसाइरहेका छन्।

सुरुमा ‘कमेडी नाइट्स विथ कपिल’ त्यसपछि ‘द कपिल शर्मा शो’ मार्फत कमेडीको तड्का लगाए। टेलिभिजनबाट सुरु भएको उनको यात्रा ओटीटीसम्म आइपुगेको छ।

केही समयअघि शर्माको ‘द ग्रेट इन्डियन कपिल शो’ ओटीटी प्लेटफर्म नेटफ्लिक्समा सुरु भएको थियो। करिब साढे दुई महिना दर्शकलाई मनोरञ्जन दिएपछि द ग्रेट इन्डियन कपिल शोको पहिलो सिज अन्त्य हुन लागेको छ।

शोको अन्तिम एपिसोड आगामी शनिबार जुन २२ मा प्रसारण हुँदैछ। अन्तिम एपिसोडमा चन्दु च्याम्पियन स्टार कार्तिक आर्यनसहित देखिनेछन्।

अन्तिम शृङ्खला आउनुअघि निर्माताले दर्शकलाई खुसीको खबर दिएका छ। बन्द हुन लागेको हल्लाबीच सोमबार निर्माताले द ग्रेट इन्डियन कपिल शोको दोस्रो सिजनको घोषणा गरेको हो।

नेटफ्लिक्सको आधिकारिक अकाउन्ट एक्समा भिडिओ सेयर गर्दै दोस्रो सिजनको घोषणा गरिएको छ। जसमा पहिलो सिजनका एपिसोडका केही क्लिपहरू राखिएका छन्। एक ठाउँमा कपिलले ‘यो अन्तिम एपिसोड हो’ भनेका छन्। जुन सुनेर सिंगो टिम स्तब्ध हुन्छ।

त्यसलगत्तै द ग्रेट इन्डियन कपिल शो सिजन २ को घोषणा गरिएको छ।

शोको भिडियोसहितको क्याप्सनमा लेखिएको छ, ‘दुई पटक मनोरन्जनको वर्षा हुनेछ, किनकि द ग्रेट इन्डियन कपिल शोको सिजन २ केही महिनामा आउँदैछ। र नयाँ सिजनको प्रतीक्षा गर्दै, सिजन १ हेर्नुहोस्।’


सम्बन्धित समाचार