Logo

फाइल फोटो

३ असार,वीरगञ्ज । बाराको निजगढ नगरपालिका २ सिंगौलस्थित अटलवस्तीको एक घरमा सोमबार दिउँसो आगलागी भएको छ । स्थानिय लिलाधर सापकोटाको दुई तल्ले कच्ची घरमा आगलागी भएको हो ।

आगलागीबाट घर पूर्णरूपमा जलेर नष्ट भएको छ । आगलागीमा घरमा छाएको टायल, खाद्यान्न, गरगहना, महत्वपूर्ण कागजात, लत्ताकपडा ,भाँडा र मोबाईल जलेर करिब १५ लाख १५ हजार रुपैयाँ बराबरको क्षती भएको प्रहरीले जनाएको छ ।

सापकोटाको भान्साबाट अचानक आगो सल्किदा घरमा आगालागी भएको हो । ईलाका प्रहरी कार्यालय निजगढ, सशस्त्र प्रहरी, अस्थायी प्रहरी पोष्ट सिंगौल, नगरपालिकाको दमकल र स्थानियको सहयोगमा आगो नियन्त्रणमा लिईएको थियो ।


सम्बन्धित समाचार