Logo

४ असार,काठमाडौं। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले भौतिक पूर्वाधार मन्त्रालयको बजेट संसदमा च्यातेका छन्।

प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै भौतिक योजनामन्त्री रघुवीर महासेठले आफ्नोसहित ३–४ नेताको जिल्लामा मात्र बजेट केन्द्रित गरेको भन्दै रोष्टममै बजेट पुस्तिका च्यातेका हुन्।

उनले जिल्लाको नाम तोक्दा आलोचना हुन्छ भनेर कार्यक्रम मात्र लेखेर समेत बजेट छुट्याइएको आरोप लगाए। उनले कुन विधि र तरिकाबाट आफ्नो र केहि नेताको जिल्लामा मात्र बजेट छुट्याएको हो भन्दै प्रश्न गरेका छन्।

अध्यक्ष लिङ्देनले बजेट विनियोजनमा पक्षपात गरेको भन्दै मन्त्रीलाई यस्तो काम गरेकोमा धन्यवाद दिएका छन्। उनले भनेका छन्– म त तपाईंलाई धन्यवाद नै दिन्छु, किनकि हामीले यो व्यवस्थाले काम गर्दैन भनेर भनिरहेको बेला तपाइँहरुले यसलाई पुष्टि गरिरहनु भएको छ। तपाईंहरुलाई धन्यवाद छ।’

लिङ्देनले यो हार जितको विषय नभएको बताउदै यस्तो बजेट ल्याउन यो व्यवस्था ल्याएको हो भन्दै प्रश्न गरे।

उनले यो निर्वाचन प्रणालीलाई खारेज गर्न माग गर्दै खर्चको भारी रहेको प्रदेश हटाउन माग गरे। उनले अधिकार तल्लो तहमा पठाउने संघीयताप्रति आफूहरुको कुनै आपत्ति नरहेको भन्दै अब प्रणालीमा सुधार गर्ने समय आएको बताए।

उनले बजेट एउटा निर्वाचन क्षेत्रमा मात्र राखेर लेख्न कसरी सकिन्छ भन्दै यो ज्यादती भएको आरोप लगाए। उनले सबै सांसदलाई यो बजेट खारेज गर्नुपर्ने बताए।

उनले योजना आयोगले भनेका के विषय बजेटमा आएको छ भन्ने प्रश्न गर्दै योजना आयोगलाई जोकर बनाएको टिप्पणी गरेका छन्। उनले भौतिक योजनामन्त्री रघुवीर महासेठले आफ्नोसहित ३–४ नेताको जिल्लामा मात्र बजेट केन्द्रित गरेको भन्दै रोष्टममै बजेट पुस्तिका च्यातेका थिए।


सम्बन्धित समाचार