Logo

४असार,काठमाडौँ । सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले औपचारिक रूपमा अनुसन्धान थालेको छ । गत जेठ १५ गते बनेको समितिले मंगलबारदेखि मात्रै औपचारिक रूपमा सहकारीमा भएको रकम अपचनलबारे छानबिन थालेको हो ।

यस क्रममा समितिले मंगलबार भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयसँग छलफल गरिरहेको छ । यस अघि समस्याग्रस्त देखिएका २९ वटा सहकारीको विवरण मागेको समितिले कार्यविधि र कार्ययोजना बनाएर औपचारिक छानबिन थालेको हो ।

पहिलो चरणमा मन्त्रालय, सहकारी विभाग र सरोकारवाला मन्त्रालयसँग छलफल गर्ने समितिको तयारी छ । समितिले पहिलो बैठक बसेको २३ जेठको तीन महिनाभित्र सहकारीको छानबिन गर्दै प्रतिवेदन बुझाउने जनाएको छ । सात सदस्यीय समितिको संयोजक एमालेका सूर्य थापा छन् ।


सम्बन्धित समाचार