Logo

५ असार,काठमाडौं। सांसदहरुले कवाड व्यवसायीहरुको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले दमन गरेको भन्दै आपत्ति जनाएका छन्। साथै उनीहरुले प्रहरी दमनबाट घाइते भएकाहरुको उचित उपचारको व्यवस्था गर्न पनि माग गरेका छन्।

बुधबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै आम जनता पार्टीका अध्यक्ष प्रभु साहले कवाड व्यवसायीहरुमाथि प्रहरीले निर्मम दमन गरेको र ५० भन्दा बढि घाइते भएको बताए।

उनले प्रहरी दमनका बिषयमा गृहमन्त्रीको जवाफ माग गर्दै दमनमा संलग्नलाई कारवाही गर्नुपर्ने बताए। शान्तिपूर्ण विरोध प्रदर्शन गर्न नेपाली जनताको संवैधानिक र लोकतान्त्रिक हक बिपरित भएको प्रहरी हस्तक्षेप लोकतन्त्रविपरित रहेको उनले बताए। नेपालका जनताका जीउधन र व्यवसायको ग्यारेन्टीको सवाल सिर्जना भएको उनको भनाइ छ।

त्यस्तै सांसद डा. अमरेशकुमार सिंहले अदालतबाट आदेश जारी भएपनि कवाड व्यवसायलाई हटाउने कामको विरोध गदै प्रदर्शनमा उत्रेका प्रदर्शनकारीमाथि भएको प्रहरी हस्तक्षेपप्रति आक्रोश व्यक्त गरे। मधेशको मान्छे देख्नेबितिकै लाठीचार्ज गर्ने प्रशासनको नीति स्वीकार्य नभएको उनको भनाइ छ।

उनले घाइतको उपचार निशुल्क गर्न माग गरे। यसअघि मंगलबार कवाड हटाउने निर्णयको विरोध गर्दै काठमाडौं महानगरपालीका घेराउ गर्न खोज्दा कवाडी व्यवसायी र प्रहरीबीच झडप भएको थियो।

 


सम्बन्धित समाचार