Logo

५ असार,वीरगञ्ज । पर्सा प्रहरीले प्रतिबन्धित लागु औषध सहित ३ जनालाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नं. १६ शंकरचार्य गेटस्थितबाट लागु औषधसहित प्रहरीले ३ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा कास्की पोखरा महानगरपालिका–३ निवासी २० वर्षका अनुप थापा क्षेत्री, सोही ठाउँका २० वर्षकै सरोज राना मगर र बाराको जितपुरसिमरा उपमहानगरपालिका–१६ बस्ने २० वर्षीय कुशल मगर रहेका पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक भारतीले पुष्टि गरे ।

लागु औषध नियन्त्रण व्यूरो शाखा कार्यालय पर्सा र प्रहरी चौकी ईनर्वाबाट खटिएको संयुक्त प्रहरी चेकिङ टोलीले चलाएको जाँच अभियानका क्रममा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनायो ।

भारतबाट शंकाष्पदरूपमा पैदल हिडेर आउँदै गरेका उनीहरुमध्ये अनुपले बोकेको रातो झोलाभित्र लुकाईछिपाई राखिएको प्रतिबन्धित लागु औषध बरामद भएको प्रहरी बताउँछ । उनको साथबाट लागु औषध डाईजेपाम–४० एम्पुल, फेनारगन–४० एम्पुल, नुरफिन–४० एम्पुल फेला पारेको प्रवक्ता भारतीले बताए ।

पक्राउ परेकाहरुमाथि लागु औषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।


सम्बन्धित समाचार