Logo

५ असार,वीरगञ्ज । बारा प्रहरीले २७० केजी गाँजा बोकेको गाडी सहित एकजना भारतीयलाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय अमलेखगंज बाराबाट खटिएको प्रहरी टोलीले जीतपुर सिमरा उप–महानगरपालिका वडा नं.२१ अमलेखगंजबाट २७० केजी प्रतिबन्धित गाँजा सहित एकजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ट्रक चालक भारतको बिहार राज्य थाना रामगढवा, ग्राम धनारदिउली बस्ने अन्दाजी वर्ष १९ को अन्तोस कुमार गिरी रहेका छन् । नारायणगढबाट पथलैयातर्फ आउदै गरेको भारतीय एन एल ०१ एन ३०६३ नम्बरको भारतीय ट्रकलाई शंका लागेर रोकेर जाँचगर्दा ट्रकको क्याबिन भित्र बक्स बनाएर लुकाई छिपाई राखेको लागू औषध गाँजा बारामद भएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

लागूऔषध र ट्रक सहित नियन्त्रणमा लिएको गिरीलाई जिल्ला अदालत बाराबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनायो ।


सम्बन्धित समाचार